• शनिबार १-२२-२०८१/Saturday 05-04-2024

उपचारमा अब्बल बन्दै भरतपुर अस्पताल

उपचारमा अब्बल बन्दै भरतपुर अस्पताल   साउन १७, २०७५ मेडिकल सहरको रुपमा अघि बढिरहेको चितवनमा सरकारी भरतपुर अस्पताल अब्बल बन्दै गएको छ । वि.सं. २०१३ मा एउटा छाप्रोबाट सुरु भएको भरतपुर अस्पताल अहिले भव्य भवनमा सञ्चालित छ । १५ शैय्याबाट सेवा सुरु गरेको अस्पतालमा अहिले ६ सय शैय्या छन् ।  देशको मध्यभागमा रहेको भरतपुर अस्पतालमा दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म बिरामी बहिरंग सेवाका लागि आउने गरेका छन् । अस्पतालले चितवनसहित वरपरका २२ जिल्लाका ४० लाख नागरिकलाई सेवा दिएको तथ्याँक छ । अस्पतालमा गएको आर्थिक वर्षमा एक लाख ७२ हजार ६०६ बिरामीको उपचार गरिएको थियो ।  ओपीडी र प्रसुतिमा दोश्रो भरतपुर अस्पतालमा ओपीडी सेवाका लागि काठमाडौंको वीर अस्पताल पछि दोश्रो रहेको छ । विरामीको तथ्याँक अनुसार काठमाडौँको प्रसुति गृहपछि बढी प्रसुति गराउने भरतपुर अस्पताल रहेको तथ्याँकले देखाएको छ । गत आर्थिक वर्षमा १६ हजार २४३ गर्र्भवतीको प्रसुति गराइएको थियो । तीन हजार दुई सय ६३ सुत्केरीको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । मेडिकल सुपरिटेण्डेन्ट खड्काका अनुसार १४ वटा विभागमार्फत् अस्पतालले सेवा दिँदै आएको छ । राजध

प्रतिकृया दिनुहोस