• आइतबार १-२३-२०८१/Sunday 05-05-2024

दरबार हाइस्कुलको शिलान्यास

महाभूकम्पले क्षतिग्रस्त भएको भानु माध्यमिक विद्यायलय (दरबार हाइस्कुल) को पुनर्निर्माणको काम सुरु गरिएको छ । 

चीन सरकारको सहयोगमा पुनर्निर्माण गर्न लागिएको दरबार हाइस्कुलको शुक्रबार एक समारोहका बीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र नेपालस्थित चिनियाँ राजदूत  यु होङले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो । भूकम्पपछिको भौतिक संरचना पुनर्निर्माणका लागि २३ जुलाई २०१५ मा २५ वटा पुनर्निर्माणका आयोजनामा नेपाल सरकार, अर्थमन्त्रालय र चीन सरकारको वाणिज्य मन्त्रालयबीच भएको सम्झौता अनुसार यो विद्यालयको पुनर्निर्माण कार्य चीन सरकारले गर्न लागेको हो । विद्यालय पुनर्निर्माण कार्यको शिलान्यास गर्दै मन्त्री पोखरेलले तोकिएकै मिति र निर्धारित डिजाइनमा गुणस्तरीय भौतिक संरचनाको निर्माण हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

मन्त्री पोखरेलले आफूले शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि १० बुँदे मार्गचित्र सार्वजनिक गरेको र त्यसमा सम्पूर्णतामा विद्यालयको अवधारणा पनि समावेश रहेको उल्लेख गर्दै पुनर्निर्माणपछि दरबारहाइस्कुल पनि सम्पूर्णतामा विद्यालयको अवधारणामा अघि बढ्ने विश्वास आफूले लिएको बताउनुभयो ।

चीन सरकार आफैले छानेको निर्माण व्यवसायीद्वारा पुनर्निर्माण गर्न लागिएको यो विद्यालयको २० महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने छ । १ सय ६५ वर्ष पहिले स्थापना भएको यो विद्यालय मुलुककै जेठो विद्यालय हो ।

प्रतिकृया दिनुहोस

आदिवासीको उठिबास

जनमत संग्रहको घोषणा भइसकेको थियो । जुलुुस बढ्दै गर्दा चिरपरिचित एक वाम नेतासंँग जम्काभेट भयो । ऐक्यबद्धता स्वरूप जुलुसमा सामेल हुन आग्रह

६ महिनादेखि टेलिफोन अवरुद्ध, सेवा छैन शुल्क मात्रै

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा ६ महिनादेखि टेलिफोन सेवा अवरुद्ध छ ।ल्याण्डलाइन फोन तथा एडिएसएल इन्टरनेट अवरुद्ध भएपछि सेवाग्राही मर्कामा

जुरे पहिरोको चार वर्ष : राहत रकम खातामा, पीडित अझै बासकै खोजीमा

१७ साउन २०७२ को रातमा जुरेमा पहाडै खस्यो । राम्चेको इटिनी भीर खस्दा मांखा कागुने, ड्यामसाइड र टेकानपुरका १ सय ४५ जनाले ज्यान गुमाए । धेरैजना घाइते र