• शनिबार २-५-२०८१/Saturday 05-18-2024

श्रीलंकाविरुद्धको एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिका विजयी साउन १७, २०७५ श्रीलंकाविरुद्धको एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिका विजयी भएको छ । यो जितसँगै पाँच एकदिवसीय श्रृङ्खलामा अफ्रिकाले २–० को अग्रता पनि लिएको छ । बुधबार राति टस जिति पहिला ब्याटिङ गरेको घरेलु टोली श्रीलंकाले अफ्रिकालाई २४५ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य अफ्रिकाले ४२.५ ओभरमा मात्र ६ विकेट गुमाएर भेट्टायो । दक्षिण अफ्रिकालाई जिताउन क्वीनटन डी कक ८७, फापडु प्लेसीस ४९ र हासिम आमलाले ४३ रन बनाएका थिए । श्रीलंकाका अकिला धनन्जयले ३ विकेट लिए । श्रीलंकाले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर २४४ रन बनाएको थियो । उसका कप्तान एंगेलो म्याथ्युजले आउट नभई ७९ रन बनाउँदा निरोशन डिकवेलाले ६९ रन बनाएका थिए ।

प्रतिकृया दिनुहोस

युु–१५ साफ च्याम्पियन महिला फुटबल आजदेखि, नेपालले शनिबार पाकिस्तानसँग खेल्ने

 युु–१५ साफ च्याम्पियन महिला फुटबल बिहीबारदेखि भुटानमा सुरु हुँदैछ । भुटानको थिम्पुमा बिहीबार हुने उद्घाटन खेलमा भारत र श्रीलंका खेल्दैछन् ।

आर्मीले बनायाे खेलाडीको अभिलेख राख्न ‘हल अफ फेम’

नेपाली सेनाको सैनिक शारिरीक तालिम तथा खेलकुद केन्द्रको पहलमा सेनाका खेलाडीहरुको अभिलेख राख्न ‘हल अफ फेम' बनाइएको छ । त्यसको प्रधानसेनापति

नेपाली फुटबल टोली अभ्यास खेलका लागि थाइल्याण्ड प्रस्थान

इन्डोनेसियामा हुने १८ औँ एसियन गेम्स र बंगलादेशमा हुने साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली फुटबल टोली अभ्यास खेलका लागि आज थाइल्याण्ड प्रस्थान