• शनिबार १-२२-२०८१/Saturday 05-04-2024

आर्मीले बनायाे खेलाडीको अभिलेख राख्न ‘हल अफ फेम’

नेपाली सेनाको सैनिक शारिरीक तालिम तथा खेलकुद केन्द्रको पहलमा सेनाका खेलाडीहरुको अभिलेख राख्न ‘हल अफ फेम' बनाइएको छ । त्यसको प्रधानसेनापति राजेन्द्र क्षत्रीले बिहीबार लगनखेलस्थित केन्द्रमा नवनिर्मित ‘हल अफ फेम’ को उद्घाटन गरेका हुन् ।

नेपाली सेनाले विगतदेखि वर्तमानसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा हासिल गरेका सफलताहरुलाई अभिलेखिकृत गर्ने उद्देश्यका साथ उक्त हल अफ फेमको निर्माण गरिएको हो । उक्त हलमा विभिन्न राष्ट्रिय तथा सैनिक खेलकुद प्रतियोगिताहरुको साथै ओलम्पिक, एसियन गेम्स, दक्षिण एसियाली खेलकुद प्रतियोगिताहरुमा सैनिक खेलाडीहरुले हासिल गरेका उपाधिहरुको अभिलेख, तस्विरहरु तथा सहभागिता सम्बन्धी जानकारीहरु समावेश गरिएको छ ।

हल अफ फेमको निर्माणले खेलाडीहरुले विगतमा पु¥याएको योगदानको सम्मानका साथै हाल विभिन्न खेलमा आवद्ध भएर योगदान पुर्‍याइरहेका र भविष्यमा खेलकुद क्षेत्रमा जोडिने समस्त खेलाडीहरुलाई समेत प्रेरणा प्रदान गर्ने नेपाली सेनाको अपेक्षा रहेको जनसम्पर्क तथा सूचना निर्देशनालयकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

युु–१५ साफ च्याम्पियन महिला फुटबल आजदेखि, नेपालले शनिबार पाकिस्तानसँग खेल्ने

 युु–१५ साफ च्याम्पियन महिला फुटबल बिहीबारदेखि भुटानमा सुरु हुँदैछ । भुटानको थिम्पुमा बिहीबार हुने उद्घाटन खेलमा भारत र श्रीलंका खेल्दैछन् ।

नेपाली फुटबल टोली अभ्यास खेलका लागि थाइल्याण्ड प्रस्थान

इन्डोनेसियामा हुने १८ औँ एसियन गेम्स र बंगलादेशमा हुने साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली फुटबल टोली अभ्यास खेलका लागि आज थाइल्याण्ड प्रस्थान

श्रीलंकाविरुद्धको एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिका विजयी साउन १७, २०७५ श्रीलंकाविरुद्धको एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिका विजयी भएको छ । यो जितसँगै पाँच एकदिवसीय श्रृङ्खलामा अफ्रिकाले २–० को अग्रता पनि लिएको छ । बुधबार राति टस जिति पहिला ब्याटिङ गरेको घरेलु टोली श्रीलंकाले अफ्रिकालाई २४५ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य अफ्रिकाले ४२.५ ओभरमा मात्र ६ विकेट गुमाएर भेट्टायो । दक्षिण अफ्रिकालाई जिताउन क्वीनटन डी कक ८७, फापडु प्लेसीस ४९ र हासिम आमलाले ४३ रन बनाएका थिए । श्रीलंकाका अकिला धनन्जयले ३ विकेट लिए । श्रीलंकाले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर २४४ रन बनाएको थियो । उसका कप्तान एंगेलो म्याथ्युजले आउट नभई ७९ रन बनाउँदा निरोशन डिकवेलाले ६९ रन बनाएका थिए ।