• शनिबार १-२२-२०८१/Saturday 05-04-2024

युएईमा अर्घाखाँचीकी महिलाको हत्या नभई आत्महत्या

युएईमा हत्या भएको भनिएकी नेपाली महिलाको आत्महत्या गरेको पुष्टी भएको छ । युएईको दुवईमा कार्यरत अर्घाखाँचीको सितगंगा–४ अमराई उपल्लो बजारकी रिता खनाल गएको शनिबार आफूले का मगर्ने दुवईको कार्यालयको शौचालयमा झुण्डिएको अवस्थामा भेटिनुभएको थियो । 

कार्यालयको शौचालय सलको पासो लगाएर झुण्डिएको र खुट्टाले भुर्इँ टेकेको अवस्थामा भेटिएकाले खनालको हत्या भएको आशंका गरिएको थियो । घटना बारे अनुसन्धान गर्न स्थानीय प्रशासनले सोही कम्पनीमा कार्यरत एक जना बङ्लादेशी नागरिकलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । 

घटनाको अनुसन्धान र शवको परिक्षणपछि खनालको हत्या नभई आत्महत्या भएको पुष्टी भएको कम्पनीले जनाएको छ । खनाल दुईबर्ष पहिले तान्जिफको क्लिनिङ कम्पनीमा काम गर्न युएई आउनुभएको थियो । ३९ बर्षिय खनालका श्रीमान सहित १ छोरा र १ छोरी छन् । खनाल कम्पनीको भिसा रद्द गरेर दसैंमा नेपाल फर्किने योजनामा रहेको परिवारले जनाएको छ । 

खनालको हत्या भएको भनिएपछि पूर्व उपप्रधानमन्त्री तथा नेकपा अर्घाखाँचीका सभासद टोपबहादुर रायमाझीले पनि दूतावाससँग सोधपुछ गर्नुभएको थियो । लिखित कागजपत्र आइनसकेको तर मौखिक रुपमा हत्या नभई आत्महत्या भएको बारे जानकारी दूतावासमा आएको कार्यवहाक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिनुभयो । 

अहिले दुवईको अल रशिद अस्पतालमा रहेको मृतकको शव अस्पताल र पुलिस रिपोर्ट आएपछि नेपाल पठाउने उहाँले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

आदिवासीको उठिबास

जनमत संग्रहको घोषणा भइसकेको थियो । जुलुुस बढ्दै गर्दा चिरपरिचित एक वाम नेतासंँग जम्काभेट भयो । ऐक्यबद्धता स्वरूप जुलुसमा सामेल हुन आग्रह

६ महिनादेखि टेलिफोन अवरुद्ध, सेवा छैन शुल्क मात्रै

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा ६ महिनादेखि टेलिफोन सेवा अवरुद्ध छ ।ल्याण्डलाइन फोन तथा एडिएसएल इन्टरनेट अवरुद्ध भएपछि सेवाग्राही मर्कामा

दरबार हाइस्कुलको शिलान्यास

महाभूकम्पले क्षतिग्रस्त भएको भानु माध्यमिक विद्यायलय (दरबार हाइस्कुल) को पुनर्निर्माणको काम सुरु गरिएको छ ।  चीन सरकारको सहयोगमा पुनर्निर्माण