• आइतबार १-२३-२०८१/Sunday 05-05-2024

होल्ड भएका जहाजलाई अवतरण गराएपछि विमानस्थल बन्द गर्ने तयारी

त्रिभुवन विमास्थलको धावनमार्गमा चिरा परेपछि शुक्रबार बिहान केहीबेर हवाई उडान र अवतरण रोकिएको छ । एक्कासी धावनमार्ग चिरा परेको देखिएपछि उडान र अवतरण रोकिएको हो ।

विभिन्न देशबाट आएका जहाज आकाशमै होल्ड भएपछि ती सबैलाई अवतरण गराउन अहिले विमानस्थल खुला गरिएको छ । विमानस्थल कार्यालयका प्रवक्ता प्रेमचन्द्र ठाकुरका अनुसार होल्डमा रहेका जहाज अवतरण भैसकेपछि फेरि उडान र अवतरण बन्द गरेर धावनमार्गको मर्मत गरिनेछ ।

मर्मतको काम छिटै सकेर उडान र अवतरण नियमित गर्ने प्रयास भैरहेको पनि उहाँले उज्यालोलाई जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

आदिवासीको उठिबास

जनमत संग्रहको घोषणा भइसकेको थियो । जुलुुस बढ्दै गर्दा चिरपरिचित एक वाम नेतासंँग जम्काभेट भयो । ऐक्यबद्धता स्वरूप जुलुसमा सामेल हुन आग्रह

६ महिनादेखि टेलिफोन अवरुद्ध, सेवा छैन शुल्क मात्रै

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा ६ महिनादेखि टेलिफोन सेवा अवरुद्ध छ ।ल्याण्डलाइन फोन तथा एडिएसएल इन्टरनेट अवरुद्ध भएपछि सेवाग्राही मर्कामा

दरबार हाइस्कुलको शिलान्यास

महाभूकम्पले क्षतिग्रस्त भएको भानु माध्यमिक विद्यायलय (दरबार हाइस्कुल) को पुनर्निर्माणको काम सुरु गरिएको छ ।  चीन सरकारको सहयोगमा पुनर्निर्माण