करण जोहरले बनाउने भए अहिलेसम्मकै ‘महंगो फिल्म’
बलिउड फिल्म निर्देशक तथा निर्माता करण जोहरले फिल्म ‘तख्त’ बनाउने घोषणा गरेका छन् । यस फिल्ममा २ वा ३ जना अभिनेता होइन कयौं अभिनेताहरुको अभिनय रहनेछ । फिल्ममा करिना कपूर खान, रणवीर सिंह, आलिया भट्ट, विक्की कौशल, भूमि पेडनेकर, जान्हवी कपूर र अनिल कपूरलगायतका कलाकारहरु रहनेछन् ।
करण जोहरले यस फिल्मको कहानीबारेको जानकारी र कलाकारहरुको नामसहितकोे ट्वीट गरेका छन् । ऐतिहासिक पृष्ठभूमिमा बन्न लागेको यस फिल्ममा भारतका मुगलहरुको कहानी हुनेछ । यस अघि अलाउद्दिन खिलजीको भूमिकामा देखिएका अभिनेता रणवीर सिंह यस फिल्ममा पनि नकारात्मक चरित्रमा देखिनेछन् । यस फिल्मको कहानीमा यूद्ध हुनेछ र योद्धाहरु पनि हुनेछन् ।

प्रतिकृया दिनुहोस