• शनिबार २-५-२०८१/Saturday 05-18-2024

आज विश्व मुटु दिवस मनाइँदै

शुक्रबार विश्व मुटु दिवस मनाइँदै छ ।

हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाउने गरिएको छ । यो वर्ष ‘युज हार्ट नो हार्ट’ अर्थात् (मुटुको प्रयोग गरौं, मुटुबारे जानौ) भन्ने नारा सहित नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै छ ।

 

प्रत्येक वर्ष करिब २ करोड मानिसले हृदयाघातलगायत विभिन्न मुटु सम्बन्धी रोगका कारणमात्रै ज्यान गुमाउने गरेको तथ्याङ्क छ । यसैले पनि मुटु रोगलाई नम्बर एक हत्यारा रोगकारूपमा लिइन्छ । सन् २०१२ मा विश्वभरिका स्वास्थ्य सङ्गठन अनि सरकार प्रमुख मिलेर सन् २०२५ सम्म विश्वभरि नै नसर्ने रोगहरूलाई २५ प्रतिशतले कम गर्ने साझा सहमति गरेका छन् ।

व्यस्त, अनि तनावपूर्ण जीवनशैली, अशुद्ध एवं अत्यधिक प्याकेट खानेकुराको प्रयोगलगायतका कारण दिनप्रतिदिन मुट रोगको सम्भावित जोखिम बढ्दै गएको पाइन्छ ।

यसैले स्वस्थ खानेकुरा र दैनिक व्यायाममा ध्यान दिनसके करिब ८० प्रतिशतसम्म मुटु सम्बन्धी रोगको नियन्त्रण गर्न सकिने पनि चिकित्सकहरुले सल्लाह दिने गरेका छन् ।

प्रतिकृया दिनुहोस

कोशी एमाले अधिवेशन : अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकालको मनोनयन दर्ता

नेकपा एमाले कोशी प्रदेश कमिटीको अध्यक्षमा  घनश्याम खतिवडा र विनोद ढकालले मनोनयन दर्ता गरेका छन्।     रामप्रसाद दङ्गालको प्रस्ताव र छत्रपति

अरुण तेश्रो आन्दोलन जारी, राज्यलाई दैनिक ५ करोडको नोक्सानी

सङ्खुवासभामा निर्माणाधिन ९ सय मेगावाट क्षमताको अरुण तेश्रो जलविद्युत परियोजनाको विद्युत गृहको काम रोकिएको बुधबार १२ दिन पुग्यो । तर बन्द खुलाउने

आज विश्व मुटु दिवस मनाइँदै

शुक्रबार विश्व मुटु दिवस मनाइँदै छ ।  हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाउने गरिएको छ । यो वर्ष ‘युज हार्ट नो हार्ट’ अर्थात्