• शुक्रबार ७-७-२०८३/Friday 10-23-2026

सिक्दै गरेको ट्याक्सी खोलामा खस्दा आमाछोरा बेपत्ता

म्याग्दीको सदरमुकाम बेनीबजारस्थित खुलामञ्च नजिकै रहेको बहुउद्देश्यीय खेल मैदानबाट ट्याक्सी खोलामा खस्दा दुईजना बेपत्ता भएका छन् । 

शुक्रबार बिहान ध १ ज २५१ नम्बरको ट्याक्सी चलाउन सिक्ने क्रममा म्याग्दीखोलामा खस्दा आमा छोरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

ट्याक्सी खोलामा खस्दा पर्वत जलजला–२, बौरकी शोभा अधिकारी खाती र उनका ८ वर्षीय छोरा सागर खाती बेपत्ता भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक विरबहादुर बुढामगरले बताउनुभयो । ट्याक्सी चलाउन सिकाउने न्यू बेनी इन्स्टिच्युटका प्रशिक्षकले आफू पिसाब गर्न गएको समयमा दुर्घटना भएको बताएको प्रनाउ बुढामगरको भनाइ छ । 

बेपत्ता आमाछोरा र ट्याक्सीको खोजी कार्य भैरहेको प्रहरीले जानकारी दिएको छ । बहुउद्देश्यीय खेलमैदानको नाम दिएको मैदानको छेउमा हाटबजार सञ्चालनका लागि कृषि उपज सङ्कलन केन्द्रको भवन समेत रहेको छ । मैदानको डिलमा घेराबार तथा तारजाली लगाइएको छैन भने नजिकैबाट म्याग्दीखोला बग्छ । 

प्रतिकृया दिनुहोस

विपद् उद्धारमा खटिएका सशस्त्र प्रहरी कर्मचारीकाे ज्यान गएमा एक तह बढुवासहित आश्रित परिवारलाई पेन्सन

 विपद् उद्धारमा खटिएका सशस्त्र प्रहरीका कर्मचारीको ज्यान गएमा एक तह बढुवासहित आश्रित परिवारले पेन्सन पाउने भएका छन् । अस्ति मङ्गलवार बसेको

२ किलो ७२० ग्राम सुनसहित फिलिपिन्सका नागरिक पक्राउ

प्रहरीले झण्डै तीन किलो अर्ध ठोस सुनसहित फिलिपिन्सका नागरिकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा ३० वर्षीया अर्विकोन अरोन्स मनालङ

↑