२ किलो ७२० ग्राम सुनसहित फिलिपिन्सका नागरिक पक्राउ
प्रहरीले झण्डै तीन किलो अर्ध ठोस सुनसहित फिलिपिन्सका नागरिकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा ३० वर्षीया अर्विकोन अरोन्स मनालङ रहेका छन्।
उनको साथबाट २ किलो ७२० ग्राम अर्ध ठोस अबस्थाको सुन बरामद गरिएको प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।
कडायतका अनुसार फ्लाई दुबईको उडानद्वार गएराति काठमाडौँ आएका उनले उक्त परिमाणको सुन भन्सार छली लैजान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो।
उनलाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि प्रहरी वृत्त गौशलामा राखिएको छ।

प्रतिकृया दिनुहोस