एमालेको राष्ट्रिय महाधिवेसन प्रतिनिधि छनौटमा सङ्खुवासभाबाट ६ कोटाको लागी १८ जनाको भिडन्त
नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेसन प्रतिनिधि छनौटमा सङ्खुवासभामाबाट ६२ प्रतिशत मत खसेको छ । यही मंसिर १३ गते शनिबार सम्पन्न मतदानमा १९१२ मत खसेको हो । सङ्खुवासभामा एमालेका ३ हजार ८३ संगठित सदस्य छन् । शनिबार बिहान ८ः१५ देखि दिउँसो ३ः०० सम्म प्रत्येक पालिकामा मतदान गरिएको थियो ।
एमाले सङ्खुवासभाले चार प्रकारका समुहबाट ७ जना प्रतिनिधि छनौट गर्नुपर्ने थियो । जसमा दलित समुहबाट इन्द्रमाया बराइली निर्विरोध छनौट हुनुभएको हो। बाँकी ६ कोटाका लागि १८ जना उत्रेका थिए ।
खुल्लातर्फ भविश्वर गुरुड , मानसिं पोखÞेल, सूर्य बहादुर दाहाल, शेर बहादुर कार्की, यादव कुमार अधिकारी, खड्गबहादुर राई, बिदुर कुमार लिंथेप, सुमन श्रेष्ठ, मुरारीप्रसाद खतिवडा, मौसम आले मगर, कमलमणि गौतम र भरतकुमार खत्री चुनाबी प्रतिस्पर्धामा उत्रेका थिए। जसमा विदुर कुमार लिंथेपले ९८७ मत, खड्ग बहादुर राईले ९७६ मत र भविश्वर गुरुङले ७७२ मत लिई विजय प्राप्त गरेका छन्।
यसैगरी महिलातर्फ सुनिता कटुवाल कार्की, उर्मिला नेपाल सुवेदी र हेम कुमारी चौहान भिडेका थिए । जसमा सुनिता कटुवाल कार्कीले १३५३ मत र उर्मिला नेपाल सुवेदीले ८८२ मत प्राप्त गरी विजय हासिल गरेका छन्।
त्यसैगरी ४० बर्षमुनीका युवा समुहबाट फुर्वा शेर्पा, टंकप्रसाद दाहाल र ध्रुव खड्का भिडेका थिए । जसमा फुर्वा शेर्पाले ८६२ मत लिएर विजय प्राप्त गर्नुभएको निर्वाचन मण्डलले जनाएको छ।



प्रतिकृया दिनुहोस